नियम २७
अन्तर्वार्ता समितिको गठन
(१) आयोगको केन्द्रीय कार्यालयमा हुने अन्तर्वार्ता समितिमा ऐनको दफा ३५ को उपदफा (१) बमोजिमको अन्तर्वार्ता समितिको अध्यक्ष र दक्ष वा विशेषज्ञ समेत गरी कम्तीमा तीनजना सदस्य रहेको अन्तर्वार्ता समिति गठन हुनेछ ।
(२) आयोगको क्षेत्रीय तथा अञ्चल कार्यालयमा हुने अन्तर्वार्ताको लागि सम्बन्धित कार्यालय प्रमुख वा निजले तोकेको निकटतम अधिकृत कर्मचारीको अध्यक्षतामा अन्तर्वार्ता समिति गठन हुनेछ । आयोगको क्षेत्रीय तथा अञ्चल कार्यालयको कार्यालय प्रमुख पद रिक्त रहेको अवस्था वा अन्य कारणबाट उपयुक्त देखिएमा उक्त कार्यालयबाट सञ्चालन हुने अन्तर्वार्ताका लागि समान श्रेणी÷तहको कर्मचारी वा सो कार्यालयको कार्यालय प्रमुख भन्दा ज्येष्ठ कर्मचारीले अध्यक्षता गर्ने गरी आयोगको केन्द्रीय कार्यालयबाट प्रतिनिधि खटाउन
सकिनेछ ।
(३) आयोगको केन्द्रीय कार्यालयमा हुने अन्तर्वार्तामा अध्यक्षले र आयोगको क्षेत्रीय वा अञ्चल कार्यालयमा हुने अन्तर्वार्तामा सम्बन्धित कार्यालयको प्रमुखले ऐनको दफा ३५ को उपदफा (३) को अधीनमा रही सामान्यतया अन्तर्वार्ता हुने मिति भन्दा एक दिन अगाडि
अन्तर्वार्ता समितिको गठन गर्नेछ ।
(४) उपनियम (२) बमोजिम गठित अन्तर्वार्ता समितिका अध्यक्ष र सदस्यलाई गोप्य तरिकाले सूचना गर्नु पर्नेछ ।
(४क) कुनै सेवा, समूह, उपसमूह वा पदको लागि एकै समयमा एक भन्दा बढी
अन्तर्वार्ता कार्यक्रम सञ्चालन गर्नु परेमा आवश्यकता अनुसार उपनियम (१) र (२) बमोजिम
अन्तर्वार्ता समिति गठन गरी गोलाप्रथाद्वारा अन्तर्वार्ता लिइने टोली तोकिनेछ ।
(५) अन्तर्वार्ता समिति गठन सम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गरे बमोजिम
हुनेछ ।